नियम १६
अधिकार प्रत्यायोजन
(१) कानूनद्वारा न्यायाधीशले नै सम्पादन गर्नु पर्ने भनी किटान भएका अधिकारहरू बाहेक अदालतको कुनै काम कारबाहीसम्बन्धी अन्य अधिकारहरू प्रमुख भै काम गर्ने न्यायाधीशले कुनै न्यायाधीश वा ख्रेस्तेदारलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) कुनै खास कामको लागि तोकिएको कर्मचारीको अनुपस्थितिमा न्यायाधीशले सो काम अरू कुनै कर्मचारीबाट गराउन सक्नेछ ।

तर लेखाका दरबन्दीका कर्मचारीलाई सोही काममा मात्र लगाइनेछ ।